जन्मभुमि खबर,
पोखरा ।
मुग्लिन–नारायणगढ सडकखण्डको चौधकिलो भन्ने स्थानबाट कोइला बोकेको ट्रक त्रिशूलीमा खसेको छ । दुर्घटनामा परी चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
बिहान करिब साढे ६ बजे बागमती प्रदेश ०३–००१ ख ४८७४ नम्बरको ट्रक आफैं अनियन्त्रित भई त्रिशूलीमा खसेको थियो ।प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा रौतहटका रामनारायण यादव रहेका छन् भने सहचालक रौतहटकै १९ वर्षीय असुन्द्र कुमार यादव घाइते छन् ।
चालक र सहचालकलाई उद्धार गरी सरकारी अस्पताल भरतपुर पठाएको थियो । प्रहरीका अनुसार ट्रकको आधा भाग त्रिशूली नदीमा डुबेको देखिएको छ ।