जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

दाजुको गोली प्रहारबाट भाइको मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

गोली प्रहारबाट सख्त घाइते भएका दोगडाकेदार गाउँपालिका–८ कालागाउँ चौसिलाका २२ वर्षीय सुरेन्द्र विष्टको मृत्यु भएको छ ।

गोली प्रहारबाट गम्भीर घाइते भएका सुरेन्द्रको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए । सुरेन्द्रलाई दाजु नाता पर्ने ४० वर्षीय कर्णबहादुर विष्टले गए राति गोली प्रहार गरेका थिए ।

शनिबार राति करिब ८ बजे लेनदेन का विषयमा कर्णबहादुर र सुरेन्द्रबीच गाउँमै विवाद भएको थियो । लगत्तै कर्णबहादुरले सुरेन्द्रमाथि गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरी निरीक्षक बडूले बताए ।

सुरेन्द्र जिप चालक थिए । कर्ण बहादुर र सुरेन्द्र नातेदार हुन् ।

रिसइबी कारण गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ । कर्ण बहादुर र सुरेन्द्रबीच यसअघि पनि झगडा भएको खुलेको छ ।

त्यसपछि उनी चौसिलामा जिप पार्किङ गरेर खाना खाइरहेका थिए। त्यसैबेला रौलेश्वर माध्यमिक विद्यालय नजिकैबाट कर्णबहादुरले सुरेन्द्रलाई गोली हानेका थिए ।

प्रहरीका अनुसार ५/७ फिटको दूरीबाट गोली हानिएको थियो ।

गोली प्रहार गर्ने कर्णबहादुर बन्दुकसहित फरार छन् । उनको खोजीका लागि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।