जन्मभुमि खबर ,
पोखरा
तनहुँ जिल्लाको व्यास नगरपालिका–१० स्थित नयाँ गाउँ निवासी ५१ बर्षीय हिरा बहादुर थापाको रुखको हाँगाले लागेर मृत्यु भएको छ ।
घर नजिकै दाउरा काट्ने क्रमम रुखको हाँगाले लागेर सख्त घाइते थापाको दमौली स्थित रत्नहरी मेमोरियल अस्पतालमा आज उपचारको क्रममा मृत्यु भएको हो ।
मृतकको शव आफन्जनलाई जिम्मा लगाइएको तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए । उक्त घटनाको बिषयमा थप अनुसन्धान भइरहेको छ,उनले भने ।