जन्मभुमि खबर ,
पोखरा ।
रास्वपाका सभापति रवि लामिछाने रिहा भएका छन् । चितवन जिल्ला अदालतले सहकारी ठगीमा मागेको ५४ लाख रुपैयाँ बैंक ग्यारेन्टी बुझाएर उनी रिहा भएका हुन् ।
लामिछानेमाथि साहारा सहकागी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो ।
चितवनमा पनि प्रभू बैंकले रविका लागि जमानत दिएको हो । यसअघि तीनवटै अदालतमा सोही बैंकले जमानत उपलब्ध गराएको थियो ।
यता रविका समर्थकहरुले उनको पक्षमा प्रदर्शन र नारावाजी गरिरहेका छन् । चितवन रविको निर्वाचन क्षेत्र पनि हो । उनले चितवन २ बाट सर्वाधिक मत ल्याएर दुईपटक चुनाव जितेका थिए । अहिले उनको समर्थनमा मतदाताहरु बाक्लो संख्यामा सडकमा निस्किएका छन् । प्रदर्शनमा सहभागी केही मतदाताहरुले आफ्नो घरजग्गाको लालपुर्जासमेत बोकेर आएको त्यहाँ उपस्थित रास्वपा नेता प्रमोद न्यौपानेले बताए ।
‘रविजीलाई मागिएको धरौटी वापत हाम्रो लालपूर्जा राखियोस भन्दै मतदाताहरु आउनुभएको छ,’ उनले भने, ‘कतिपयले चेक पनि बोकेर आउनुभएको छ ।’
भरतरपुका बासिन्दा नारायणप्रसाद ढकाल लालपुर्जा बोकेर आउनेमध्ये एक थिए । उनले रविविरुद्ध राज्यले ज्यादति गरेको भन्दै अदालतले मागेको धरौटीवापत लालपूर्जा राख्न तयार भएर आएको बताए ।
समर्थकहरुले ‘नडराउ रविदाई पूर्जा हाम्रो हातमा छ, अघि बढ रविदाई जनता तिम्रो साथमा छ’ भन्द्यै नारावाजी गरेका