जन्मभुमि खबर ,
पोखरा ।
गोरेटो कन्सल्टेन्सीको ब्राञ्च पोखरामा सञ्चालनमा आएको छ । पोखराका युवा व्यवसायीहरु राजेन्द्र शर्मा र धिरज कँडेलको संयुक्त लगानीमा पोखराको महेन्द्रपुलस्थित मारवाडी भोजनालयको पारिपट्टी गोरेटो कन्सल्टेन्सीको ब्राञ्च सञ्चालनमा आएको हो ।
कार्यक्रममा बोल्दै कन्सल्टेन्सीका पोखरा ब्राञ्च सञ्चालक तथा म्यानेजर राजेन्द्र शर्माले विदेश जाने विद्यार्थी खास गरेर क्यानडा, युकेलगायतका देशहरुमा अध्ययनका लागि जाने विद्यार्थीको पहिलो रोजाई गोरेटो बनाउन आग्रह गरे । विदेश अध्ययनमा जाने विद्यार्थीका लागि चाहिने सम्पूर्ण कुराहरुको सहजीकरण कन्सल्टेन्सीले गर्ने भन्दै यसबारे थप बुझ्नका लागि एक पटक कन्सल्टेन्सीको पोखरा ब्राञ्चमा भिजिट गर्न उनको आग्रह छ ।
महानायक राजेश हमालले विदेश पढ्न जान चाहाने विद्यार्थीहरुले पहिलो निर्णय आफैले लिनुपर्ने बताएका छन् । गोरेटो एजुकेशन कन्सल्टेन्सीमा ब्राण्ड एम्बास्टर समेत रहेका हमालले बुधबार पोखरा शाखाको शुभारम्भ कार्यक्रममा कन्सल्टेन्सीहरुले राम्रो परामर्श दिएपनि आफ्नो भविष्यको निर्णय स्वयम् आफैले गर्नुपर्ने बताएका हुन् ।
‘‘विदेश पढ्न जाने कुरा खासै नौलो होइन् । पछिल्लो २० वर्ष यता विगतको भन्दा अत्याधिक भएको छ । विदेश पढ्न जाने भन्दैमा नेपालको शैक्षिक स्थिति, अवसर खराब भन्ने होइन् यहाँ पनि सहि किसिमको वातावरण पाउन सक्नुहुनेछ । तर, निर्णय तपाईँले गर्नुपर्छ , म के कारणले विदेश पढ्न जादैछु, मेरो रुची के छ, भविष्य के छ भन्ने निर्णय आफैले लिन पर्छ,’’ उनले भने ।
हमालले आफ्नो शैक्षिक सुरुवात पनि विदेशमै रहेको खुलाउनुभयो । विदेश पढ्न जाने भन्दैमा नेपालमा तिरस्कार गरेको, माया मारेको भन्ने तर्क उपयुक्त नहुने उनकोो भनाइ छ । ‘‘एउटा राष्ट्रबाट अर्को राष्ट्रमा आदनप्रदान भइरहेको हुन्छ । अमेरिका,क्यानडाबाट पनि केही विद्यार्थीहरु नेपाल पढ्न आएका छन् । उनीहरुको रुची केही न केही नेपालसँगै सम्बन्धित होला । आदानप्रदान हुनु नौलो र ठूलो कुरा होइन,’’ हमालले भने । आफ्नो भविष्य कता मिट हुन्छ त्यहाँ गएर भविष्य निर्धारण गर्न उहाँले विद्यार्थीहरुलाई आग्रह गरे ।