जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता त्रिपाठीविरुद्ध मुद्दा दायर

जन्मभुमि खबर ,
पोखरा ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध मुद्दा दायर भएको छ। त्रिपाठीले सर्वोच्च अदालतको अवहेलना गरेको भन्दै दिलबहादुर राईले निवेदन दर्ता गराएका हुन् ।

टेलिभिजन अन्तर्वार्तामा त्रिपाठीले अदालत र न्यायाधीशको अपमान हुने गरी अभिव्यक्ति दिएको भन्दै कारबाहीको माग राईले गरेका छन् ।

उक्त निवेदनमा आइतबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुने भन्दै तारेक तोकेको छ ।