जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बालगायक सचिन परियारको निधन

जन्मभुमि खबर ,
पोखरा ।

बालगायक सचिन परियारको निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जस्थित टिचिङ अस्पताल भर्ना भएका परियारको बिहीबार बिहान १० बजे निधन भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि सचिन बुधबार सचिन अस्पताल भर्ना भएका थिए । छोराको निधनबारे उनका बुवा तेजेन्द्र परियारले पुष्टि गरेका छन् ।

सचिनको स्वास्थ्य अवस्थामा समस्या आएको र उपचारको लागि रकम आवश्यकता भएको भन्दै उनको परिवारले आर्थिक सहयोगको मागसमेत गरेको थियो ।

भाइरल बाल गायकका रुपमा परिचित सचिनले गाएका गीत समाजिक सञ्जालमा भाइरल छन् ।

सचिनले महानयक राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका थिए । हास्य श्रृखला ‘मेरी बास्सै’मा पनि उनले अभिनय गरेका छन् ।

‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायत उनका रुचाइएका गीत हुन्

मिठो बोली र अनौठो हाउभाउले भाइरल बनेका सचिन सानैदेखि शारीरिकरूपमा कमजोर थिए । पछिल्लो समय उनी सडकमा मानिसहरुसँग पैसा मागेर हिँडिरहेका देखिन्थे । बुवा तेजेन्द्र परियारले छोराको उपचारका लागि उठेको सहयोग दुरुपयोग गरेको आरोप समेत लाग्दै आएको छ ।

गुल्मी घर भएका परियार पछिल्लो समय कम्मरमुनिको भाग नचल्ने समस्याका कारण थलिएका थिए , टिकटकमा उनको डाइलग ‘के छ हजुर’ एकदमै चर्चित बनेको थियो।