समाचारसमाज लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकोप्टरमा चरा ठोक्किदा आकस्मिक अवतरण By Dilip Bhandari Last updated 29, 12, 24, Sunday 360 0 जन्मभुमि खबर , पोखरा । लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकोप्टरमा चर ठोक्किएको छ । चरा ठोक्किएसँगै साँगामा आकस्मिक अवतरण गरिएको छ । आज बिहान ११ बजे लुक्लाबाट उडेको हेलिकप्टरमा ५ जना अमेरिकी नागरिक र एक चालक गरी ६ जना सवार थिए । चरा ठोक्किएर हेलिकोप्टरको आकस्मिक अवतरण गरेसँगै यात्रुहरूलाई काठमाडौं ल्याइएको छ । हेलिकोप्टर भने प्राविधिक परीक्षणपछि ल्याइने बताइएको छ ।