जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रविसँग आज तीन घण्टा बयान, कुनै कसुरमा संलग्न नरहेको दाबी , भोलि पनि बयान हुने

जन्मभुमि खबर ,

पोखरा ।

सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग तीन घण्टा बयान लिइएको छ ।

कास्कीको प्रहरी हिरासतमा रहेका सभापति लामिछानेसँग आज तीन घण्टा बयान लिइएको हो। बयान नसकिएपछि भोली पनि जारी रहने बताइएको छ ।

अदाललते प्रहरीको अनुसन्धान रिपोर्ट र सरकारी वकिल कार्यालयको अभियोग पत्रका आधारमा रविसँग बयान लिइरहेको छ ।

न्यायाधीश नितिज राईले लिएको बयानका क्रममा रविले अभियोग पत्रमा भनेजस्तो कुनै पनि कसुरमा आफू संलग्न नरहको दाबी गरेका छन् ।