जन्मभुमि खबर ,
पोखरा ।
पोखरा फेवातालमा निजि कार खस्दा तीन जना घाइते भएका छन् ।
पामेबाट लेकसाइडतिर आउंदै गरेको ग२च ३३९६ नम्बरको कार बिहान करीब साढे २ बजेको समयमा पोखरा ६ गैरीचौतारास्थति सडकबाट फेवातालमा खस्दा तीन जना घाइते भएका हुन ।
मादक पदार्थ सेवन गरेका कार धनी एबम कार चालक पोखरा महानगरपालिका वडा नम्बर १२ हस्पिटल चोक बस्ने वर्ष २९ को सुबाश गुरुङले कारको नियन्त्रण गुमाउँदा कार तालमा खसेको प्रहरीले जानकारी दिएको छ। सो दुर्घटनामा कार चालक गुरुङसहित अन्य दुई जना पनि सामान्य घाइते भएका छन् ।
राती तालमा खसेको उक्त कारलाई स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले क्रेन लगाएर तालबाट बाहिर निकालेको स्थानीयले बताएका छन ।