जन्मभुमि खबर,
पोखरा ।
सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ ।
प्रसाईंको तर्फबाट दायर बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले आजै रिहा गर्न आदेश दिएको प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए ।
विद्युतीय अपराधको कसुरमा उनीविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोले मुद्दा चलाएको थियो । सो कसुरमा ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिए पनि उनी छुटेका थिएनन् ।
उनलाई फेरि आपराधिक लाभको कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेको थियो ।
उनलाई फेरि आपराधिक लाभको कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेको थियो।