जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पुर्वमन्त्रीको हातमा लाग्यो हतकडी !

जन्मभुमि खबर ,
पोखरा ।

गण्डकी प्रदेशका पुर्व मन्त्री एवम प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) लाई पक्राउ गरेर अदालत लगिएको छ । उनलाई प्रहरीले हतकडी लगाएर अदालत लगेको छ । उनलाई आज बिहान राजधानीको सानोभर्‍याङको कम्फर्ट हाउजिङबाट प्रहरीले पक्राउ गरेको थियो । ज्यान मार्ने उद्योगमा ५ वर्ष कैद सजाय पाएका उनलाई आजै कारागार चलान गर्ने तयारी छ ।