जन्मभुमि खबर ,
पोखरा ।
धादिङको झ्याप्ले खोलामा आज (आइतबार) बिहान थप ३ शव फेला परेको छ। घटनास्थलमा सुरक्षाकर्मीले शव निकाल्ने प्रयास गरिरहेका छन् ।
ती तीन जना गोरखाबाट आएको बसका यात्रु हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।
यसैबीच असोज ११ गते बिहान गोरखाको लापुबेँसीबाट काठमाडौँका लागि प्रस्थान गरेको ना ४ ख २२७० न को बस राति १० बजेदेखि सम्पर्कविहीन भएको छ ।
११ गते राति १० बजे खानिखोलासम्म सम्पर्क भएको त्यसपछि कोही कसैसँग सम्पर्क नभएको कम्पनीले जनाएको छ ।
तर आजसम्म पनि केही पत्ता नलागेकाले खोजीका लागि सम्बन्धित सबैमा दरौदी यतायात प्रालिले जनाएको छ ।
यसैबीच धादिङको झ्याप्लेखोलामा पुरिएका २ वटा बस निकाल्ने क्रममा अर्को बस फेला परेको छ । त्यो त्यही गोरखाबाट आएको बस हुनसक्ने अनुमान गरिएको छ। तर पुष्टि गर्न बाँकी छ ।
गोरखाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस दुई दिनदेखि सम्पर्कविहीन