जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

स्याङ्जा पहिरोमा बेपत्ता वृद्धाको शव फेला

जन्मभुमि खबर ,
पोखरा ।

स्याङ्जामा पहिरोमा पुरिएर शनिबारदेखि हराइरहेकी वृद्धाको शव फेला परेको छ ।

स्याङ्जाको भिरकोट नगरपालिका ५ ज्यामिरेकी ७३ वर्षीया खेमकुमारी मल्लको आइतबार दिउँसो शव फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिए ।

पहिरोले पुरिएर बेपत्ता भएको सूचनापछि स्थानीय, प्रहरी र सशस्त्र प्रहरीले उनको खोजि गरिरहेका थिए ।