जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पशुपतिनाथमा चढाइएको भेटी चोर्ने कोषका कर्मचारीसहित आठजना पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित आठजना रहेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

“पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरी गर्दै गर्दा (सीसी क्यामेरामा हेर्दा) कोषका कर्मचारी परियारसहित आठ जनालाई पक्राउ गरी छानबिनका लागि अहिले प्रहरी वृत्त गौशाला पठाइएको छ,” उनले भने ।

परियार पशुपतिमा बाजा बजोउने कर्मचारी रहेको र पक्राउ परेका उनले कोषकै केही पदाधिकारीले भेटी चोरी गर्न लगाएको बयान दिएको प्रवक्ता अधिकारीले बताए ।