जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मेयर बालेन र नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहित कुटपिट र लुटपाटको मुद्दा

जन्मभुमि खबर ,
पोखरा ।

मेयर बालेन्द्र शाह ‘बालेन’ र नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहित काठमाडौँ महानगरपालिकाका ३ जनाविरुद्ध मुद्दा दायर गरिएको छ।

मेयर शाह र नगर प्रहरी प्रमुख पाण्डेविरुद्ध कुटपिट र लुटपाटको अभियोगमा बिहीबार जिल्ला अदालतमा काठमाडौँमा मुद्दा दायर गरिएको हो।

अदालतका अनुसार प्राणमञ्च डटकमका प्रधान सम्पादक पदमप्रसाद पोखरेलले आफूलाई कुटपिट र लुटपाट गरिएको दाबी गर्दै मेयर साह, नगर प्रहरी प्रमुख पाण्डे र महानगर प्रहरीका एसपी मनोज लामिछानेविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको हो।

‘मुद्दा दर्ता भएको छ, अब उहाँहरूविरुद्ध म्याद पठाउने तयारी भइरहेको छ’, अदालत स्रोतले शुक्रबार बिहान भन्यो।

उनीहरूविरुद्ध कुटपिट अभियोगमा मुलुकी अपराध संहिताको दफा १९१ को (३) बमोजिम ३ वर्ष कैद र ३० हजार जरिवाना तथा लुटपाट अभियोगमा दफा २८६ (३) बमोजिम सामान र बिगो गरेर ३ लाख ४४ हजार ११७ रुपैयाँ भराउन माग गरिएको छ।