जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

फेवातालमा हावाहुरीले कायक बोट दुर्घटना, १ जनाको सकुशल उद्धार

जन्मभुमि खबर ,
पोखरा ।

बिहीबार दिउँसो फेवातालमा अचानक आएको हावाहुरीको कारण डुंगा दुर्घटना भएको छ ।

सशस्त्र प्रहरीका अनुसार कायक बोट पल्टिँदा दुर्घटनामा परेकी एक जनाको सकुशल उद्धार गरिएको छ ।

काठमाडौँ महानगरपालिका- १७ सामाखुसी बस्ने २५ वर्षीया अग्नि देवकोटा तालमा खसेकी थिइन् ।

उनलाई फेवाताल बाराहीघाटस्थित सशस्त्र प्रहरीको रेस्क्यु वाच टावरमा खटिएको विशेष उद्धार तथा गोताखोर टोलीले तत्कालै सकुशल उद्धार गरी किनारमा ल्याएको सशस्त्र प्रहरीका प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

थापाका अनुसार उनको अवस्था हाल सामान्य छ ।