जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराका दुई स्थानबाट प्लास्टिकका बाजा बरामद

जन्मभुमि खबर ,
पोखरा ।

ध्वनि प्रदूषण गराएको आरोपमा पोखराबाट प्लास्टिकका बाजा कास्कीको पोखरास्थित लेक साइड र तेर्सापट्टिबाट प्रहरीले प्लास्टिकका बाजा बरामद गरेको छ । पोखरा महानगरपालिका–३ स्थित तेर्सापट्टिबाट ७१५ थान र लेक साइडबाट १२ सय थान बाजा बरामद गरिएको कास्कीका एसपी मोहन थापाले बताए ।

पोखरामा आजबाट फेवा महोत्सव सुरु भएको छ । महोत्सव स्थल र आसपासमा ध्वनि प्रदूषण गराएको आरोपमा प्रहरीले चर्को आवाज निकाल्ने प्लास्टिकका खेलौना बेचबिखनमा रोक लगाएको छ ।

चाडपर्व र मेलाहरूमा बेचविखन गरिने यस्ता बाजाहरूले ध्वनि प्रदूषण गर्ने हुनाले मानव स्वास्थ्यमा असर पर्ने गरेको गुनासो आएपछि बाजा नियन्त्रणमा लिइएको एसपी थापाले जानकारी दिए ।