जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराको हेम्जामा बस दुर्घटना ८ जना घाइते

जन्मभुमि खबर ,
पोखरा ।

पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार भई रहेको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौँबाट म्याग्दीको दरबाङ जाँदै गरेको ग २ ख १६३० नम्बरको बस सुईखेतमा दुर्घटनामा परेको हो ।

घाइतेमध्ये छ जना उपचारपछि घर फर्किइसकेका छन् भने तीन जनाको उपचार भइरहेको छ। सूईखेतमा बस बिहान पौने ३ बजेतिर अनियन्त्रित भएर सडकमै पल्टिएको थियो। घाइते सात वर्षीय बालक निश्चल फगामीको दाहिने हाँत भाच्चिएको छ । उनको गण्डकी मेडिकल कलेज(जिएमसी)मा उपचार भइरहेको छ ।

७२ वर्षीय घाइते नरबहादुर पुनको टाउकोमा गहिरो चोट लागेकाले जिएमसीको न्युरो बार्डमा उपचार भइरहेको छ। अर्का एक घाइतेको अवस्था सामान्य छ। घाइते हुनेमा बागलुङको तमानखोला गाउँपालिका वडा नम्बर ३ की २५ वर्षीया रीता घर्ती, मालिका गाउँपालिका वडा नम्बर ५ का ३० वर्षीय भीमकुमार बुढा, सोही ठाउँका ६ वर्षीय निश्चल फगामी, २७ वर्षीया निर्मला फगामी र ४६ वर्षीया सुमित्रा फगामी रहेकी छन।

तमानखोला वडा नम्बर ३ कै ६५ वर्षीया कृष्णकुमारी पुन पनि घाइते हुनुहुन्छ। वेनीमा उपचार, टेकबहादुर कार्की ६१ वर्ष बेनी ७, मंगलघाटका टेकबहादुर कार्की दुर्घटनामा घाइते भएपछि अर्काे गाडीमा गएर बेनीमा उपचाररत रहेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।

बसका चालक बेनी नगरपालिका वडा नम्बर ६ का ३२ वर्षीय राजकुमार गैरेलाई प्रहरीले नियन्त्रणमा लिएको अनुसन्धान गरिरहेको छ। प्रहरी नायब उपरीक्षक शर्माले बसका सहचालक २५ वर्षीय विनोद दर्जी पनि पश्चिम क्षेत्रीय अस्पतालमा सामान्य उपचारपछि प्रहरीको नियन्त्रणमा छन ।

चालकले नियन्त्रण गुमाउँदा सडकको बायाँ किनारमा बस पल्टेको थियो।