जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

राप्रपाको प्रदर्शनमा झडप, प्रहरीले हान्यो पानीको फोहोरा , ज्ञानेन्द्र शाही पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को जनप्रदर्शनमा झडप भएको छ ।

भृकुटीमण्डपबाट शुरु भएको राप्रपाको जुलुस भद्रकाली हुँदै सिंहदरबारतर्फ आउन लागेपछि प्रहरीले अवरोध गरेको हो । निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीको फोहोरा प्रयोग गरेर प्रदर्शनकारीलाई रोकेको छ ।

प्रदर्शनका क्रममा निषेधाज्ञा तोड्न नदिने तथा शान्तिसुरक्षा कायम राख्नका लागि काठमाडौँ उपत्यकामा चार हजारभन्दा बढी प्रहरी परिचालन गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने क्रममा भद्रकालीबाट शाही लगायत केही कार्यकर्ता पक्राउ परेका हुन् ।

प्रहरीले राप्रपाको आन्दोलनमा बल प्रयोग गरिरहेको छ ।

प्रहरीको बल प्रयोगबाट एक कार्यकर्ता गम्भीर घाइते भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए ।

प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा प्रहार गरेपछि जुलुस तितरबितर भएको छ।

राप्रपाको जनप्रदर्शन अवरोध छिचोल्दै राप्रपा जुलुस भद्रकालीबाट सिंहदरबार पुगेको थियो ।