जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराकी करुणा दोलखामा होस्टेलको छतबाट लडेर मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

दोलखामा छतबाट लडेर घाइते एक किशोरीको उपचारका क्रममा मृत्यु भएको छ । भीमेश्वर नगरपालिका–३, बसपार्कस्थित च्छो–रोल्पा नर्सिङ कलेजमा बीएड प्रथम वर्षमा अध्ययनरत १७ वर्षीया करुणा अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पोखरा महानगरपालिका–१०, रामबजारकी करुणा सोही कलेज होस्टेलको पाँच तलामाथिबाट बिहीबार साँझ लडेर गम्भीर घाइते भएकी थिइन् । उपचारका निम्ति उनलाई चरिकोटस्थित च्छो–रोल्पा अस्पतालमा लगिएको थियो ।

त्यहाँ सामान्य उपचार गरियो । थप उपचारका निम्ति भक्तपुरस्थित मध्यपुर ठिमी अस्पतालमा ‘रिफर’ गरिएको थियो । मध्यपुर ठिमी अस्पतालमा उपचारका क्रममा गए राति उनको मृत्यु भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।

उनले आत्महत्या गर्नुको कारण खुलेको छैन। तर, होस्टल सञ्चालकका अनुसार उनले डिप्रेशनको औषधि खाइरहेकी थिइन्। हामी थप अनुसन्धान गरिरहेका छौँ।’

बिदामा पोखरास्थित घर गएकी उनी गएको बुधबार मात्र चरिकोट फर्किएकी थिइन्। उनी होस्टेलमा साथीहरुसँगै बस्थिन।

बिहीबार साँझ सवा सात बजे होस्टल रहेको बिलिडङको पाँच तला माथिबाट खसेपछि उनी गम्भीर घाइते भएकी थिइन्। सँगै बसेका साथीहरुले उनले पाँच तला माथिबाट फाल हानेको बताएका छन्।