जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

होली खेल्ने क्रममा विवाद हुँदा ग्याङ फाइट , दुईजनाको हत्या

जन्मभुमि खबर ,
पोखरा ।

ललितपुरको ढोलाहिटीमा दुईजनाको हत्या भएको छ ।

होली खेल्ने क्रममा विवाद हुँदा गएराति ९ बजे दुई समूहबीच ग्याङ फाइट हुँदा दुईजनाको ज्यान गएको हो ।

मृत्यु हुनेमा २८ वर्षका रेवाज राई र ३० वर्षका प्रजन राई रहेको प्रहरीले जनाएको छ । शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ ।

घटनामा संलग्न भएको आशंकामा घटनामा संलग्न भएको आशंकामा हामीले १८ जनालाई नियन्त्रणमा लिएका छौँ।’

मृतक युवाको छात्ती र तिघ्रामा छुरा प्रहार गरेको गहिरो घाउ छ। रोवशको पाटन अस्पताल र पुजनको सुमेरु अस्पतालमा मृत्यु भएको एसपी सुवेदीले जानकारी दिए।

‘हामीलाई राति ११ बजे खबर आएपछि हाम्रो टोली घटनास्थलमा पुगेको हो,’ एसपी सुवेदीले भने, ‘त्यतिन्जेलसम्म अस्पताल पुर्याइएका दुबै युवाको मृत्यु भइसकेको थियो ।’

पाँचथर घर भएका पुजन ललितपुरको खुमलटारमा बस्थे। सुनसरीकाे धरान घर भएका रोवश ढोलाहिटीमै डेरामा बस्ने गरेकाे प्रहरीले जनाएको छ ।

‘उनीहरुबीच के निहुँमा ग्याङ फाइट भयो खुलेको छैन,’ एसपी सुवेदीले भने, ‘हामी सीसी क्यामेराको सहायतामा घटनाको विस्तृत अनुसन्धान गरिहेका छौँ। पक्राउ परेका १८ जनालाई पनि सोधपुछ गरिरहेका छौँ ।’

मृतक दुई युवा र पक्राउ परेका १८ जना होली खेलेको हुलियामा छन्। उनीहरुबीच होली खेल्नै क्रममा कुनै विवाद भएर ग्याङ फाइट भएको आशंका प्रहरीले गरेको छ ।