जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुर्यदर्शन सहकारी पीडितले गरे संसद्को राज्य व्यवस्था समितिमा उजुरी

जन्मभुमि खबर ,
पोखरा ।

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा सूर्यदर्शन सहकारी पीडितले उजुरी दिएका छन् । कास्कीको पोखराबाट काठमाडौँ आएका ७ जना पीडितले सुशासन समितिका सभापति रामहरि खतिवडालाई ध्यानाकर्षण गराउँदै जीवी राईसहित १४ प्रतिवादी पक्राउ गर्न माग गरेका छन् ।

पीडितहरूले बिहीबार सिंहदरबारमा बसेको सुशासन समितिको बैठकमा आफ्ना माग पढेर सुनाएका हुन् । सूर्य दर्शन सहकारविरुद्ध एक हजार ३७ जनाले उजुरी गरेका छन् ।

किरण श्रेष्ठ, सूर्यदर्शन सहकारी बचत पीडित सङ्घर्ष समिति अध्यक्षले सभापति खतिवडालाई जिल्ला प्रहरी कार्यालयले किटान गरेका व्यक्तिलाई कारबाही गर्न माग गरेका छन् ।