जन्मभुमि खबर ,
पोखरा ।
सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ललितपुरको झम्सिखेलबाट केहीबेर अघि उनी पक्राउ परेका हुन् ।
सुन तस्करी प्रकरणमा दीपेशको नाम पनि जोडिएको थियो । उनी सहकारी ठगीमा पनि मुछिएका छन् ।
गृहमन्त्री रवि लामिछानेले जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएका थिए। सोही विषयमा छलफल गर्न बसेको मन्त्रिपरिषद् बैठकले आयोगको प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो।