जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

वित्तीय संस्थाको सूचना प्रणालीमा अनधिकृत पहुँच राखेको आरोपमा स्याङ्जाका युवक पोखराबाट पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

काठमाडौँस्थित एउटा वित्तीय संस्थाको सूचना प्रणालीमा अनधिकृत पहुँच राखेको आरोपमा प्रहरीले पोखराबाट एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा घर भएर पोखरास्थित बिरौटामा बस्ने २६ वर्षीय नवराज लामिछाने छन् ।

उनलाई पोखराबाट पक्राउ गरेर विद्युतीय कारोबार सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँबाट ६ दिनको म्याद लिएर अनुसन्धान भइरहेको साइबर ब्यूरोका उप–निर्देशक दीपक राज अवस्थीले जानकारी दिए ।

फागुन ३० मा उनी जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा पक्राउ परेका हुन् ।