जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुर्यदर्शन सहकारी ठगी प्रकरण : रम्तेल, दर्लामी र भोटेलाई जिल्ला अदालतकै आदेश उच्चबाट सदर

जन्मभुमि खबर ,
पोखरा ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेकाहरु नछुट्ने भएका छन् ।

कोषाध्यक्ष कुमार रम्तेल, उपाध्यक्ष कैलाशकुमार दर्लामी र सञ्चालक समितिका पुर्व सदस्य शिवबहादुर गुरुङ (महेन्द्र भोटे) ले जिल्लाको आदेश बदर माग गर्दै उच्चमा पुनरावेदन गरेका थिए । तर उच्चले जिल्लाकै आदेशलाई सदर गरेपछि उनीहरु कारागारमै गएका छन् ।

‘जिल्लाले जसलाई जे आदेश गरेको थियो, त्यही सदर भएको छ,’ उच्चका उपरजिष्ट्रार विश्वराज अर्यालले भने । न्यायाधीशहरु मिलन राई र उमेश कोइरालाको संयुक्त इजलासले उक्त आदेश दिएको अर्यालले बताए । रम्तेललाई असोज २१ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । दर्लामीलाई १२ पुसमा र भोटेलाई पुस १८ गते कारागार पठाइएको थियो ।

सहकारी ठगीमा १९ जनाको संलग्ना देखिएपछि प्रहरीले १६ असोजमा जिल्ला सहकारी वकिलको कार्यालय कास्कीमा प्रतिवेदन पेस गरेको थियो । सरकारी वकिलको कार्यालयले असोज १८ गते अदालतमा मुद्दा दर्ता गरेको हो ।