जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा अबैध हतियार सहित १ जना वृद्ध पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा अबैध हतियार सहित १ जना वृद्ध पक्राउ परेका छन ।

पक्राउ पर्नेमा म्यादी जिल्ला अन्नपुर्ण गाउँपालिका वडा नम्बर स्थाइ घर भइ हाल पोखरा महानगरपालिका वडा नम्बर ३ बस्ने ६९ वर्षीय यमबिर गर्बुजा पुन रहेका छन ।

पुनको घरमा अबैध हातहतियार रहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले उनलाइ घरको कोठाबाट एक थान एकनाले बन्दुक सहित उनलाइ नियन्त्रणमा लिइएको कास्की प्रहरीले बताएको छ ।

पक्राउ परेका पुनलाई मंगलबार अदालतबाट हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा सात दिन म्याद थप गरी थप अनुसन्धान प्रकृया अघि बढाइएको प्रहरीले जनाएको छ ।