जन्मभुमि खबर ,
पोखरा ।
पोखरा महानगरपालिका वडा नं १६ ले किसानलाई लक्षित गरी विभिन्न उन्नत जातका तरकारीका बेर्ना उत्पादन गर्न थालेको छ ।
पोखरा १६ महेन्द्र गुफा र घार्मिखोलाका महिलालाई आत्मनिर्भर बनाउन नगरपालिकाले कृषि शहकारि मार्फत बेर्ना उत्पादन प्रकिया थालेको हो ।महेन्द्र गुफाको नयाँ किरण कृषि शहकारि संस्था तथा ग्रिनभ्यालि शहकारिका महिला सदस्यलाई बेर्ना उत्पादनको लागि हाईब्रिड काँक्रो, घिरौला, करेलाका बिउ वितरण थालिएको महानगर पालिका कृषि सञ्जालले जनाएको छ ।
तरकारिका बेर्ना तयार पार्न प्रत्येक कृषि शहकारि संस्थाका सदस्यहरुलाई बिउ,नर्सरी प्लाष्टिक, हजारि, माटोमा हाल्ने बिषादि तथा तालिम निशुल्क रुपमा उपलब्ध गराउने वडा नं १६ का जनप्रतिनिधि मन्जु वस्याल ले बताउनुभयो। कृषि उत्पादनमा राम्रो संभावना भएकोले कृषि उपजमा आत्मनिर्भर बनाउने लक्ष्य वडाले लिएको छ । वडा नंं १६ बासिहरुलाई कृषि बालीमा आत्मनिर्भर बनाउन पालिकाले कृषि क्षेत्रमा लगानी बढाउन थालेको वस्यालले जानकारि दिए ।
सहभागी महिलालाइृ प्रशिक्षक पुष्पा अञ्जली हमाल तथा दामोदर अधिकारीले दिएका थिए ।
कार्यक्रमको समवन्य वडा नं १६ का जनप्रतिनिधि मञ्जु बस्याल तथा कृषि सञ्जाल संयोजक जित वहादुर वस्नेतले गरेका थिए ।
बजारमा तरकारि मुल्यमा निरन्तर वृद्धि भएका कारण किसानको भान्सा महंगो पर्दै गएकाले किसानले आफुलाई आवश्यक पर्ने तरकारि आफै उत्पादन गर्न सकुन भन्ने उद्देश्यले कार्यक्रम संचालन गरिएको बताईएको छ ।