जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीको भदौरेमा ढिडो खाने प्रतियोगिता हुँदै

जन्मभुमि खबर ,
पोखरा ।

कास्कीको भदौरे ढिडो खाने प्रतियोगिता हुने भएको छ । भदौरे क्लब र भदौरे आमा समूहको आयोजनामा अन्नपूर्ण गाउँपालिका २, भदौरेमा हुन लागेको २५ औं रजत जयन्ती भदौरे पञ्चासे कोदो महोत्सव, ल्होसार मेलामा खुला ढिडो खाने प्रतियोगिता हुन लागेको हो ।

ढिडो खाने प्रतियोगितामा सबैभन्दा छिटो ढिलो खानेलाई विजेता घोषणा गरिने अन्नपूर्ण ४ का वडाध्यक्ष आइन्दल गुरुङले जानकारी दिए । ‘ढिडो खाने प्रतियोगितामा निश्चित ढिडो राखेका हुन्छौं । जसले छिटो खानुहुन्छ । उहाँलाई नै विजेता घोषणा गरिनेछ,’उनले भने, ‘विजेतालाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।’

महोत्सवमा ढिडो खाने प्रतियोगितासँगै ७ ए साइड फुटबल प्रतियोगिता, खुला नृत्य, छेलो हान्ने, कुर्ची घुमाई, घैटो फुटाई, रसी तान्ने प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । फुटबलतर्फ विजेतालाई १ लाख र उपविजेतालाई ६० हजारसहित ट्रफी प्रदान गरिने भदौरे क्लबका अध्यक्ष अनिलकुमार गुरुङले जानकारी दिए ।

कृषकलाई प्राथमिकता दिई कृषकहरुलाई उत्प्रेरित गराउने उद्देश्यले कोदोलाई प्राथामिकता दिई मेला आयोजना गरिएको अध्यक्ष गुरुङले बताए ।