जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुर्यदर्शन सहकारी ठगी काण्ड : जीबी राई र महेन्द्र भोटेसहित १८ जनाविरुद्ध रेड कर्नर नोटिसको जारी हुँदैं

जन्मभुमि खबर ,
पोखरा ।

पक्राउ पुर्जी जारी भएको लामो समय पछी पनि पक्राउ नभएपछि अन्नत पोखराको सूर्यदर्शन सहकारीका पदाधिकारी जितेन्द्र (जीबी) राई, शिवबहादुर गुरुङ (महेन्द्र भोटे)सहित १८ जनाविरुद्ध इन्टरपोलबाट रेड कर्नर नोटिस जारी गर्ने तयारी गरेको छ ।

सहकारीका बचतकर्ताले आफूहरुको करिब सवा अर्ब रकम हिनामिना गरेको भन्दै ठगीमा उजुरी दिएपछि फरार जीबी, महेन्द्रलगायतलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) बाट रेडकर्नर नोटिस जाररी गर्ने तयारी भएको हो ।

रेड कर्नर नोटिस जारी गर्न आइतबार आज प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखामा पठाउँछौं । त्यहाँबाट बाँकी प्रक्रिया अगाडि बढ्छ’, कास्की प्रहरी प्रमुख मोहन थापाले भने, ‘फरार १८ जनाको खोजी गर्न सीआईबीलाई पनि भनेका थियौं । उनीहरु देश बाहिर भएको जानकारी पछि रेड कर्नर नोटिस जारी गर्ने प्रक्रिया अगाडि बढाएका हौं ।’

सहकारीका वचतकर्ताले जम्मा गरेको रकम हिनामिना गरेको आरोपमा कोषाध्यक्ष कुमार रम्तेललाई भने कास्की जिल्ला अदालतले गत असोज २१ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको थियो ।

सहकारीका कोषाध्यक्ष कुमार रम्तेल बाहेक १८ जना हालसम्म पनि फरार रहेका छन् । सहकारीका तत्कालिन अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राई, टोले गुन्डा शिव बहादुर गुरुङ (महेन्द्र भोटे), सञ्चालक भूपेन्द्र राई, थानबहादुर बुढा, कैलाश दर्लामी, धीरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, मनोज नकर्मी, सुरज श्रेष्ठ, भविश्वर अर्याल, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, दिनेश रोका, ललिता तामाङ, लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङ प्रहरीले पक्राउ पुर्जी जारी गरेसँगैं फरार भएका हुन् ।

शुक्रबार जिल्ला अदालत कास्कीबाट पनि फरार १८ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । तयसपछि प्रहरीले उनीहरुको खोजीका लागि रेडकर्नर नोटिस जारी गर्न लागेको हो ।

सहकारी ऐन, २०४७ को दफा १२२ बमोजिम सहकारी कसूर मुद्दामा १९ जनालाई प्रतिवादी बनाई १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ बिगो माग दाबीसहित जिल्ला अदालत कास्कीमा अभियोग दायर गरिएको थियो । ठगी प्रकरणमा आवश्यक छानबिन गर्न पोखरा महानगरपालिकाले गठन गरिएको विज्ञको प्रतिवेदन अनुसार भने ठगिएको रकम १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार देखिएको थियो ।