जन्मभुमि खबर ,
पोखरा ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिका-८ मुण्डेमा ग१ज ३२७० नम्बरको जिप दुर्घटना हुँदा छ जनाको निधन भएको छ । बुलिङ्गटार पहाडि क्षेत्रबाट दलदले आउँदै गरेको जिप देवचुली-८ मुण्डे एस मोडमा एक्कासी घरमा ठोक्किन पुगेको थियो ।
दुर्घटनामा परी तीन जना महिला र तीन जना पुरूषको निधन भएको छ भने एक जना पुरूष गम्भीर घाईते भएका छन् । जिपमा ३ जना महिला र ४ जना पुरूष सवार थिए ।
दुर्घटना आज बिहान ११:३० बजे तिर भएको हो । मृतक र घाईतेको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी वेदबहादुर पौडेलले बताए । गम्भीर घाईतेको उपचारको लागि चितवनतर्फ पठाईएको छ।