सुनचाँदीको मूल्य घट्यो
जन्मभुमि खबर ,
पोखरा ।
स्थानीय बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ ।
यस दिन छापावाल सुन तोलाको एक लाख १५ हजार रुपैयाँमा कारोबार भएको हो । सोमबार छापावाल सुन तोलाको एक लाख १५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन तोलाको एक लाख १४ हजार ४५० रुपैयाँमा कारोबार भएको छ ।
आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर कारोबार भएको छ । चाँदी तोलाको एक हजार ४०५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । सोमबार चाँदी तोलाको एक हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।