जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

हल्कादेखि मध्यम वर्षाको सम्भावना

जन्मभुमि खबर ,
पोखरा ।

मनसुनी रेखा सरदर स्थान दक्षिणतर्फ रहेको र मनसुन पुन: सक्रिय हुने अवस्था नरहेकाले आगामी तीन दिन देशका थोरै भूभागमा कम वर्षा हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। हाल कोशी र बागमती प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली भई गण्डकी ,बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुनेछ। साथै मधेस र कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति गण्डकी ,कोशी र कर्णाली प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।