जन्मभुमि खबर ,
पोखरा ।
चर्चित फेसबुक पेज रुटिन अफ नेपाल बन्द (आरओएनबी) अनपब्लिस भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बलेन्द्र शाह ‘बालेन’ को बचाउमा उत्रिएको भन्दै आलोचना भएको थियो ।
उक्त पेजका ४० लाखको हाराहारिमा फलोअर्स थिए । खासगरी युवाबीचमा उक्त फेसबुक पेज निकै लोकप्रिय थियो ।
पेजका सञ्चालक भिक्टर पौडेलले फेसबुकमा स्टाटस लेख्दै पेज अनपब्लिस गरिएको जानकारी दिएका छन् । बालेनले आक्रोशित अभिव्यक्ति दिएपछि उनको आलोचना भइरहँदा उक्त पेजले उनलाई पुत्रीलाभ भएको सार्वजनिक गरेको थियो ।

बालेनले सिंहदरबारमा आगो लगाइदिने धम्कीपूर्ण स्टाटस लेखेका थिए । त्यसपछि बालेनको तीव्र आलोचना भइरहेको थियो । त्यसको भोलिपल्ट आरओएनबीले बालेनलाई पुत्रीलाभ भएको सार्वजनिक भएको थियो ।
बालेनलाई केही दिन पहिल्यै पुत्रीलाभ भएको कुरा सार्वजनिक भएपछि आरोएनबीले स्टाटस सच्याएर केही दिन पहिले पुत्रीलाभ भएको उल्लेख गरेको थियो । सोही बालेनलाई बचाएको भन्दै आलोचना भइरहेको अवस्थामा त्यसका सञ्चालकले फेसबुक पेज अनपब्लिस गरेका हुन् ।