कागजपत्रको आधारमा सिफारिस : वडाध्यक्ष सुवेदि
रमेश पोख्रेल पोखरा ।
नागरिकता सम्बन्धि वडा कार्यालय सङग जोडियर आयको समाचार प्रति पोखरा २१ का वडाध्यक्ष दीपक प्रसाद सुवेदीले सिफरिस कानुन अनुसार नै भएको बताएका छन् । नागरिकता सिफारिसका लागि पेश गरिएको आवश्यक कागजपत्र कानुन अनुसार नै देखिएकाले सिफारिस दिइएको सुबेदिको भनाई छ ।
‘हामीले हेर्ने भनेको शैक्षिक प्रमाणपत्र, जन्मदर्ता, साक्षी नै हो । अब जन्मदर्तामा पनि, शैक्षिक प्रमाणपत्रमा पनि आमा बुवाको नाम सोही अनुसार छ ।’ उनले भने । ‘उहाँहरुको छोरी होइन भन्ने छ नि ?’ भन्ने प्रश्नमा उनले यस विषयमा अहिले आएर जानकारी भएको बताए । उनले भने‘यो हल्ला भएपछि बल्ल थाहा भएको हो । यसबारे जिल्ला प्रशासनले पनि हामीलाई विषय खुलाई पठाउन पत्र पठाएको छ । अब हामी ज्ञान बहादुर रानाभाट र तारा देवी रानाभाटलाई प्रशासनमै पठाइदिन्छौँ । अगाडीको काम कारवाही प्रशासनको आदेश अनुसार नै हुन्छ ।’ यता कार्यवाहक वडाध्यक्षको हैसियतमा सिफरिस दिएकी वडा सदस्य विमला केसी चालिसेले पनि कागजकै आधारमा सिफारिस दिएको जनाइन् । ‘हामीले कागजात नै हेर्ने हो । जन्मदर्ता छ । उहाँहरु स्वयं उपस्थित हुनुहुन्छ । सबै कागजात रुजु गरेपछि ठिक छ भन्ने भएर सिफारिस दिएकी हुँ’ उनले भनिन् ।
रश्मीले अध्ययन गरेको विद्यालयले दिएको प्रमाण पत्र कागजपत्र हेर्दा वडाध्यक्ष सुवेदीले भने अनुसार नै रश्मी रानाभाट नाम गरेकी युवतीले २०७६ मा एसईई उत्तिर्ण गरेको शैक्षिक प्रमाणपत्रमा बुवाको नाम ज्ञान बहादुर रानाभाट र आमाको नाम तारा देवी रानाभाट नै छ । यस्तै जन्मदर्तामा पनि सोही अनुसार आमा बुवाको नाम उल्लेख छ । सिफारिसका क्रममा चाहिने साक्षीले पनि रश्मीका आमा बुवा उनै हुन् भनेर हस्ताक्षर गरेका छन् । रश्मीको जन्मदर्ता बारे वडा कार्यालयलाई खुलाएर पठाउन भनिएको र आमा बुवा भनिएका ज्ञान बहादुर र तारा देवीलाई पनि डाकेर प्रक्रिया अघि बढाइने प्रशासनले जनाएको छ ।