जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराको रोपाईं महोत्सवमा रमाए पर्यटक ( हेर्नुहोस फोटो फिचर)

जन्मभुमि खबर ,
पोखरा ।

धान दिवसको अवसरमा पोखरामा आयोजित रोपाईं महोत्सवमा विदेशी पर्यटकले मज्जा लिएका छन् ।

पोखरामा कहिल्यै पनि अफ सिजन हुँदैन भन्ने सन्देश दिन आयोजना गरिएको रोपाई महोत्सवमा विदेशी पर्यटक स्थानीयसँग दिल खोलेर रमाए ।

पोखरा १३ स्थित काहुँखोला कसेरीको फाँटमा आयोजित महोत्वसवमा छिमेकी मुलुक भारत, चीन, अमेरिका लगायतका १५ भन्दा बढी देशका पर्यटक सहभागी थिए ।

पोखरामा अफ सिजन हुँदैन, पर्यटकका लागि सधैं सिजन हुन्छ भन्ने सन्देश दिन रोपाइँ महोत्सव हरेक वर्ष आयोजना गर्ने गरिएको हो ।

महोत्सवमा हिलो खेल्ने, हिले दौड गर्ने, दही चिउरा खाने, आमा समूहबीच असारे गीत तथा रोपाइँ प्रतियोगिता, हिलोमा माछा समात्ने, हिलोमा घैँटो फुटाउने लगायतका रमाइला प्रतिष्पर्धा आयोजना समेत गरिएका थिए ।

स्थानीय महेन्द्र भण्डारीको ७ र विष्णु भण्डारीको ५ रोपनी खेतमा परम्परागत रुपमा रोपाइँ महोत्सव भएको थियो ।

त्यसैगरी  कृषि ज्ञान केन्द्र कास्कीका अनुसार अघिल्लो वर्ष असार १५ गतेसम्म कास्कीका करिब ६० प्रतिशत क्षेत्रमा धान रोपाइँ सकिएकोमा अहिले ३० प्रतिशत रहेको जनाएको छ ।

नेपालमा मनसुनको प्रवेश ढिलो भएको र पानी पनि पर्याप्त नपर्दा रोपाइमा ढिलो भएको ज्ञान केन्द्रकी सूचना अधिकारी मञ्जु अधिकारीले जानकारी दिनुभयो ।

तस्बिरमा हेर्नुहोस