राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज
मुटुमा समस्या देखिएपछि २ असारमा मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेल बुधबार स्वस्थ भई डिस्चार्ज भएका छन् ।
राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ । राष्ट्रपतिको स्वास्थ्य समस्याबारे भने केही खुलाइएको छैन ।