फेवातालमा डुंगा पल्टिँदा पोखराकी बृद्धाको मृत्यु , ९ जनाको सकुशल उद्धार
जन्मभुमि खबर
पोखरा ।
फेवातालमा डुङ्गा दुर्घटनामा परेका १० जनाको सशस्त्र प्रहरीले जीवितै उद्दार गरेको छ भने पोखरा -१ बगर निवासी ७० वर्षीया याम माया गिरीको ज्यान गएको हो ।
डुङ्गा पल्टिएपछि गम्भीर अवस्थामा उद्धार गरिएकी गिरीलाई हस्पिटल लगिएकोमा चिकित्सकले उपचारको क्रममा मृत घोषणा गरेको कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवण कुमार विकले जानकारी दिए।
शनिबार साँझ ४ बजे अचानक आएको हावाहुरीका कारण दुई वटा डुङ्गा र ४ वटा कायाक पल्टिँदा त्यसमा रहेका १० जना व्यक्ति तालमा डुबेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) शैलेन्द्र थापा जानकारी दिए।
तालमा डुङ्गा र कायाक डुबे लगत्तै फेवाताल रेस्क्यु टावर सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरी बलको गोताखोर सहितको टोलीले सकुसल उद्दार गरेको हो।
दुई वटा डुङ्गामा ६ जना तथा ४ वटा कायाकमा १/१ जना थिए। उद्दार गरिएकामध्ये ९ जना सकुसल छन् भने
डुङ्गाले च्यापेको अवस्थामा फेला परेकी गिरिलाई गण्डकी स्वास्थ्य प्रतिष्ठानमा भर्ना गरिएको छ। डुङ्गामा रहेका कास्की जिल्लाकै छन् भने कायाकमा रहेका ४ जना काठमाडौंबाट पोखरा घुम्न गएकाहरू हुन्।