पोखरा यति विमान दुर्घटना : ३८ जनाको शव पहिचान
आइतबार दुर्घटनामा परेको यती एयरलायन्सको जहाजमा सवार यात्रुमध्ये ३८ जनाको शव पहिचान खुलेको छ । मृत्यु पुष्टि भएका ६८ जनामध्ये ३८ जनाको शव पहिचान भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले जनाएको छ।
आफन्तहरु साक्षी बसेर शवको सनाखत गरिएको हो। चारजना अझै वेपत्ता छन् । उनीहरुको खोजी कार्य जारी छ।
पहिचान खुलेका शव जिम्मा लगाउनका लागि आफन्तलाई बोलाइएको छ । बिहानैदेखि पोखराको मौसम प्रतिकूल भइरहेका कारण पनि उद्धारका कठिनाइ भएको छ ।