पोखराको लेकसाइडमा सडक महोत्सव सुरु
जन्मभुमि खबर ,
पोखरा ।
‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ रेष्टुरेण्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराको आयोजनामा अङ्ग्रेजी नयाँ वर्ष २०२३को अवसरमा लेकसाइडको सडकमा सञ्चालन हुने लागेको महोत्सव आजवाट शुरु भएको छ ।
लेकसाइडको हल्लनचोकबाट सुरु विभिन्न सास्कृतीक झाँकी सहितको ¥यालीले कोमागाने पार्क पुगेर औपचारीक रुपमा सुरु भएको छ । महोत्सवको पोखरा महानगरपालिका मेयर धनराज आचार्यले उद्घाटन गरे ।
पोखराको फिस्टेल गेट देखि डिहिकोपाटन सम्मको करिब ३ किलोमिटर खुल्ला सडकमा महोत्सव संचालन भएको छ । विभिन्न झाँकीमा स्वदेशी तथा विदेशी पर्यटकहरु रमाएका थिए । स्वदेशी तथा विदेशी पर्यटकलाई लक्ष्त गरी मेला आयोजना गरीएको रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले बताए ।
खुल्ला सडकमा टेबल कुर्ची निकाली सडकमै खाने, सडकमै सास्कृतिक तथा विभिन्न कार्यक्रम संचालन हुने छन् । महोत्सवलाई लक्षित गरि लेकसाईड क्षेत्रलाई दुलही झै सिगारिएको छ । पुस १७ गते सम्म संचालन हुने महोत्सव रङगीचङगी भएको छ । महोत्सव संचालन हुने दायाँबाँयाका सडकहरुमा रङगरोगन गरिएको छ भने रङगीचङगी धोजा पताकाले टागेर सिगारिएको छ ।
अग्रेजी नयाँ वर्षको स्वागतका लागि आयोजना गरीएको महोत्सवको मुख्य स्थल कोमागाने पार्कमा स्टेज र विभिन्न खाने कुरा, लत्ताकपडा, बाल उद्यान महोत्सवको आक्रषण रहेका छन् ।
पाँचदिने सडक महोत्सवमा महोत्सवमा नेपालका विभिन्न जिल्ला र विदेशका समेत साँस्कृतिक कार्यक्रमकाहरु प्रस्तुत हुने छन् । महोत्सवमा सडकमै राष्ट्रिय तथा अन्तर्रा्िष्ट्रय खानाका परिकार, विभिन्न मनोरन्जनात्मक कार्यक्रम, पर्यटन, खेलकुद, हस्तकला प्रदर्शनी, बालउद्यान, साहसिक पर्यटक खेलकुद वृत्तचित्र प्रदर्शनी, लोकदोहोरी, लाइभ कन्सर्टलगायत कार्यक्रम हुनेछन् ।