सुनको मूल्य प्रतितोला १ लाख नजिक
सुनको मूल्य प्रतितोला १ लाख नजिक पुगेको छ। साताको पहिलो कारोबार दिन आइतबार ४ सय रुपैयाँले बढेसँगै प्रतितोला सुनको मूल्य ९९ हजार ५०० पुगेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला सुन ९९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
गत साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य तोलामा १ हजारले बढेर ९९ हजार १०० रुपैयाँ पुगेको थियो।
यसदिन चाँदीको मूल्य मूल्य पनि बढेको छ। चाँदी प्रतितोला २५ रुपैयाँले बढेर तोलाको १३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।