जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नयाँपुल महिला बचत तथा ऋण सहकारी संस्था को नवौं बार्षिक साधारण सभा सम्पन्न ।

नयाँपुल महिला बचत तथा ऋण सहकारी संस्था पोखरा २१ फुस्रेखोलाको नवौं बार्षिक  साधारण सभा सम्पन्न भएको छ । कार्यक्रम पोखरा २१ का वडा अध्यक्ष को प्रमुख अतिथितियमा सम्पन्न भएको थियो ।            कार्यक्रममा बोल्दै वडा अध्यक्ष दिपक प्रसाद सुवेदीले पोखरा २१ मा महिलहरुले संचालन गरेको पहिलो महिला सहकारी नमुनाको रुपमा रहेको बताउनुभएको थियो । यस सहकारीले बचत तथा ऋणमा मात्र काम नगरि उत्पादन क्षेत्रमा हात राखि उत्पादनमा पनि अगि बढन सुझाउ दिनुभएको थियो । कार्यक्रममा विषेश अतिथि गण्डकी प्रदेश वन तथा बातावरण मन्त्रालयका उप सचिव गंगालाल सुवेदीले महिलहरु चुलो चौका बाट बाहिर निस्केर आफनो र सदस्यहरुको अर्थिक जिवन परिर्वतन गर्ने सोचका साथ अगाडि बढनुभएकोमा आफुलाई निकै खुशि लागेको साथ आगामी दिनमा अझै अगाडी बढेर नेपालकै नमुना सहकारी बनाउनेका गर्ने र यस कार्यमा आफनो कुनै सहयोग आवश्यक परेमा सक्दो सहयोग गर्ने बताउनु भएको थियो ।                                                                                          कार्यक्रममा बोल्दै फुस्रेखोला टोल विकास तथा लोक कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाका सचिव लेखनाथ पहारीले महिलहरुले यस किसीमको सहकारी संचालन गरेर नमुना देखाउने कार्य गर्नु भएको तथा आगामी दिनमा महिलहरुलाई सहकारी शिक्षा बढाई सहकारी अभियानमा लाउन साथै प्रेरिता गर्नुपर्ने बताउनु भएको थियो ।
सो कार्यक्रममा छोरेपाटन विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा नेपाल रेडक्रस सोसाईटि पोखरा १७ उपसाखा का उपसभापति झपिन्द्र राज रेग्मी ,समाज सेवी मित्रलाल पोख्रेल लगाएतले मन्त्वय राख्नु भएको थियो । कार्यक्रम्मा उत्कृष्ट कारोबारी तर्फ पदम कुमारी आले मगर तथा असल बचत कर्ता तर्फ मिना ताम्राकार लाई सम्मान गरिएको थियो ।    कार्यक्रमा अध्यक्ष प्रमिला पौडेल सुवेदीद्धारा अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा सृजना पोख्रेलद्धारा कोषाध्यक्ष तथा शान्ति सुवेदीद्धारा लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रम सहकारी सस्ंथाकी अध्यक्ष प्रमिला पौडेल को अध्यक्षतामा भएको थियो भने स्वागत उपाध्याक्ष रञ्जना रेग्मी पहारी तथा कार्यक्रम संचालन सचिव जानकी पोख्रेल पहारीले गर्नु भएको थियो ।