जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

थप २०३ जनामा कोरोना संक्रमण पुष्टि, १२६ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५९ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार ३०० जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ८७ जना र ३ हजार ७५९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय १६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५० हजार ५५४ पुगेको छ ।

योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या २ हजार नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा २ हजार २३२ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् । त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण कुनैको पनि मृत्यु भने भएको छैन । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार १५ पुगेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय २६ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ८४ हजार ७१० पुगेका छन् ।