रामदी युवा क्लब पोखरा २१ लाई कनेक्टिङ वोल्डको सहयोग।
कनेक्टिङ वोल्ड एजुकेशन फाउण्डेशनले पोखरा २१ मा रहेको रामदी युवा क्लबलाई खेल सामाग्री तथा खेलाडीका लागि जर्सी हस्तान्तरण गरेको छ।
कनेक्टिङ वोल्ड एजुकेशन फाउण्डेशनका प्रोपाईटर नीशान्त थापा र सुमन थापाले क्लबका सदस्य तीलक खड्का र टीम क्यापटेन जीत खत्रीलाई क्लबको टिसर्ट हस्तान्तरण गरेका हुन।टिसर्ट हस्तान्तरण गर्दै क्लबले खेल क्षेत्रबाट गाँउलाई चिनाउने काम साथै क्लबले गाँउ विकासको हरेक क्षेत्रमा अगुवाई गर्नु पर्ने धारण राखेका थिए।
क्लबका सदस्य तिलक खडकाले जर्सी हस्तान्तरण गरी क्लबलाई सहयोग गरेको मा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै प्रकारको साथ र सहयोगको अपेक्ष रहेको बताए।