थप ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि , एक जनाको मृत्यु
नेपालमा थप ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार ४ हजार ९ सय ४९ जनाको परीक्षणमा ६ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो ।
२ हजार ७ सय ५७ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ४३ जना र २ हजार १ सय ९२ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ९१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
आज थप एक जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ९४ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ४ हजार २ सय २१ छ ।
पछिल्लो पटक ४ सय १७ जना संक्रमणमुक्त भएका छन् । ५२ जनाको आइसीयू र ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।