सुर्यस्थान सराङ्कोट तीज मेला भदौ १२ देखि १४ गते सम्म हुने ।
विवेक न्याैपाने
अन्नपूर्ण सामुदायिक विकास मंचको आयोजनामा प्रथम सराङ्कोट तीज मेला २०७९ हुने भएकाे छ । “लाेक कला सस्कृतीकाे संरक्षण र पर्यटन प्रबर्द्धनमा हाम्रो अभियान” भन्ने नारा सहित उक्त मेला हुने भएकाे हो ।
मेलाको खुला तीज प्रतियोगितामा प्रथम हुनेले ६६ हजार ६६६ र प्रमाण-पत्र, द्वितिय हुनेले ३३ हजार ३३३ र प्रमाण-पत्र ,तृतीय हुनेले २२ हजार २२२ र प्रमाण-पत्र र सान्त्वना हुनेले ११ हजार १११ र प्रमाण-पत्र साथै उत्कृष्ट नृर्त्य तर्फ ५ हजार ५५५ र प्रमाण-पत्र र उत्कृष्ट भेषभुषा तर्फ पनि ५ हजार ५५५ र प्रमाण-पत्र रहेकाे अन्नपूर्ण सामुदायिक विकास मंचका अध्यक्ष महेश कुमार तिमिल्सिनाले जानकारी दिनुभयाे ।
सुर्यस्थान लक्जरी अपार्टमेन्टको मुख्य प्रायोजन रहने उक्त मेलामा गृहिणी नृत्य प्रतियोगिता, ठेलो हान्ने प्रतियोगिता साथै घैटो फुटाइ प्रतियोगिता समेत हुनेछ । साथै विभिन्न ख्याती प्राप्त कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ।
सराङ्कोटको अन्नपूर्ण सामुदायिक विकास मंचको प्राङ्गणमा हुने उक्त मेला भदौ १२ गते देखि १४ गते सम्म सन्चालन हुनेछ ।