नागरिकता विधेयक सम्बन्धमा नागरिक समाज पोखरा २१ द्धारा वडा अध्यक्षलाई ज्ञापन पत्र
हालै मात्र नेपाल सरकार कानुन तथा न्याय मन्त्रालयले नागरिकता विधेयक २०७९ पेश गरेको मा सो विधेयक माथी नागरिक समाज पोखरा २१ को ध्यान आकर्षण भएको बताएको छ ।

पत्रमा भनिएको छ , नेपाली नागरिकले विना व्यवधान सहज रुपमा नागरिकता प्राप्त गर्न पाउनु पर्ने भन्ने कुरामा हाम्रो कुनै असहमति नभएको जहाँ सम्म विदेशि बुहारीलाई विवाहकै दिनबाट सबै राजनैतिक अधिकार सहितको नागरिकता प्रदान गर्ने व्यवस्था प्रतिनिधि सभाबाट पारित भएको विधेयकले प्रत्याभूत गरेको छ । त्यसबाट दिर्घकालमा नेपाल र नेपालीको हितको प्रतिकुल हुने देखिएकाले सो विधेयकको उक्त प्रावधानको नागरिक समाज घोर भत्सना गर्द छ ।साथै उक्त विधेयक फिर्ता नियियोस भनि बडा कार्यलय मार्फत नेपाल सरकार समक्ष यो ज्ञापन पत्र पेश गर्द छ ।
सो ज्ञापन पत्र बुझदै वडा अध्यक्ष दिपक प्रसाद सुवेदीले यस विषयमा वडको ध्यानआकर्षण भएको र यसलाई आफुले प्रमुख जिल्ला अधिकारी समक्ष पुराउने र नेपाल सरकार सम्म पुराउन आफुले सहयोग गर्ने बताउनु भएको छ । ज्ञापन पत्र नागरिक समाज पोखरा २१ का अध्यक्ष भोजराज आचार्यले वडा अध्यक्षलाई हस्तान्तरण गर्नु भएको थियो भने कार्यक्रम संचालन सचिव विश्वबन्धु पोख्रेले गर्नु भएको थियो ।