जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा सभागृहमा कजेल पढ्न स्कुटरमा जाँदा ट्रकको ठक्करबाट युवतीको मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पोखरा सभागृहमा कजेल पढ्न स्कुटरमा जाँदा ट्रकले ठक्कर दिएर स्कुटर चालकको मृत्यु भएको होे ।

पोखरा १५ नयाँगाउँ बस्ने १८ वर्षीय अन्जना पाइजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले बताए । प्रहरीका अनुसार उनी बिहान कलेज पढ्न स्कुटरमा जाँदै थिइन् । डिएसपी तिवारीका अनुसार उनको उपचारको क्रममा गण्डकी शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

आलुमाइला चोक तर्फ जाँदै गरेको पाइजा सवार ग १४ प ६५९८ नम्बरको स्कुटरलाई ना ६४७२५ नम्बरको ट्रकले ठक्कर दिएको तिवारीले बताए । स्कुटरको पछाडि सवार पोखरा १० घलेचोक बस्ने १८ वर्षीय मिना गुरुङ सामान्य घाइते भएकी छन् । उनको ढाडमा चोट लागेको तिवारीले बताए । डिएसपी तिवारीका अनुसार ट्रक र ट्रक चालक बैदाम प्रहरीले नियन्त्रणमा लिएको छ ।