जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

शनिबार र आइतबार दुई दिन सरकारी बिदा दिने सरकारको निर्णय

जन्मभुमि खबर ,

पोखरा ।

सरकारले सातामा दुई दिन सरकारी बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको हो।  यो बिदा सरकारी कार्यालय र शैक्षिक संस्थाको हकमा लागू हुनेछ ।

पेट्रालियम आपूर्तीमा उत्पन्न असहजताका कारण यो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए ।

शैक्षिक संस्थाबाहेक उल्लेखित कार्यालयहरु कार्यालय समय ९ देखि ५ बजे कायम गर्ने  उनले बताए ।