जन्मभुमि खबर ,
पोखरा ।
पोखरा महानगरपालिकाले फेवाताल छेउछाउमा बनाइएका टहरामा डोजर चलाएपछि स्थानीयवासीले विरोध जनाएका छन् । शनिबार बिहानै महानगरपालिकाले अतिक्रमण हटाउने अभियानअन्तर्गत टहरा भत्काउन सुरु गरेपछि प्रभावित स्थानीयले सडक अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
डोजर चलाइएपछि व्यवसाय र जीविकोपार्जनमा असर परेको भन्दै स्थानीय आक्रोशित बनेका छन् । विरोधका कारण सडक आवागमनसमेत प्रभावित भएको छ ।
फेवाताल संरक्षण तथा अतिक्रमण नियन्त्रणका लागि महानगरले अभियान चलाएको बताउँदै आएको छ भने स्थानीयले भने वैकल्पिक व्यवस्था बिना संरचना भत्काइएको भन्दै असन्तुष्टि जनाएका छन्।











